कांग्रेस उपसभापतिमा चौधरी अगाडि, परियार दोस्रो
nepalnews.com · Sun Oct 11 09:07:09 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको समावेशी उपसभापति पदको मतगणनामा विनोदकुमार चौधरीले अग्रता कायम गरेका छन्। आइतबार दिउँसो साढे २ बजेसम्म २,८२२ मत गणना हुँदा चौधरीले ७५१ मत प्राप्त गरेका छन्। उनलाई जीवन परियारले ५२० मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, सीता गुरुङले ४३०, फरमुल्लाह मन्सुरले ३७१ र रञ्जित कर्णले २२८ मत पाएका छन्। कांग्रेस महाधिवेशनमा कुल ७ हजार २९ मत खसेको थियो। पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। समावेशी उपसभापतिमा एक जना निर्वाचित हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)