रोहितको शतक र गुल्सनको आक्रामक ब्याटिङ, क्यानडालाई २३६ रनको लक्ष्य
nagariknews.nagariknetwork.com · Sun Oct 11 09:02:30 GMT 2026
आईसीसी पुरुष क्रिकेटविश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ। अल अमिरातमा जारी खेलमा नेपालले ५० ओभर पुरै विकेट गुमाएर २३५ रन बनाएको हो।
नेपालका लागि रोहित पौडेलले शतकीय इनिङ्स खेले। उनले १२७ बलमा १०१ रन बनाए। उनको इनिङ्समा आठ चौका र एक छक्का समावेश रह्यो। रोहितले सुरुवाती विकेट पतनपछि जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हालेका थिए। उनी ४८.३ ओभरमा जाहिद सिरजादको बलमा आउट भए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)