चीनबाट फर्केपछि ताइवानबारे ट्रम्प– हामी कसैलाई स्वतन्त्र घोषणा गर्न प्रोत्साहन गर्दैनौँ
shilapatra.com · Fri May 15 23:30:13 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले 'हामी कसैलाई स्वतन्त्र घोषणा गर्न प्रोत्साहन गर्न चाहँदैनौँ' भनेका हुन् ।
ट्रम्पले अमेरिकाको ताइवानसम्बन्धी नीति परिवर्तन नभएको स्पष्ट पार्दै चीन र ताइवान दुवैले तनाव कम गर्नुपर्ने बताएका छन् । उनले ताइवानका कारण अमेरिका युद्धमा जान नचाहेको पनि उल्लेख गरे ।
चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई अलग राष्ट्रका रूपमा मान्दै आएको छ ।
यसैबीच, चीनले ताइवान वरिपरि सैन्य गतिविधि बढाइरहेको छ । अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने योजनाबारे पनि चीनले कडा विरोध जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २, २०८३
०५:१५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)