मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुखबाट खसेर मृत्यु

gorkhapatraonline.com · Thu Jun 04 16:57:21 GMT 2026

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघुका ५१ वर्षीय ज्ञानबहादुर लिम्बूको रुखबाट खसेर मृत्यु भएको हो ।

ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार डाले घाँस झार्ने क्रममा रुखबाट खसेर लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । मृतक लिम्बूको शव ताप्लेजुङ जिल्ला अस्पतालमा पोष्टमार्टम (परीक्षण) गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)