मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती

ratopati.com · Sun Aug 31 18:31:00 GMT 2025

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् ।

उत्पादित खुर्सानी प्रतिकिलो रु २५० देखि रु ३५० सम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए । उनले भने, “पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकिएको छ, बिक्रीका लागि बजारको समस्या छैन, तर मूल्य उचित पाउन सकिरहेका छैनौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)