लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता
gorkhapatraonline.com · Thu Sep 08 00:25:00 GMT 2022
काठमाडौँ, भदौ २३ गते । डेङ्गु रोग नियन्त्रणका लागि उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने भएको छ । मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको बैठकले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले लामखुट्टेले उसको जीवनमा विभिन्न स्थानमा गई आठ सयभन्दा बढी अन्डा पार्ने भएकाले लार्भालाई नष्ट गर्नुपर्ने बताउनुभयो । लामखुट्टेको लार्भा नष्ट गर्दा बढी प्रभावकारी हुने भन्दै प्रवक्ता ठाकुरले उच्चस्तरीय बैठकले लार्भा नष्ट गर्ने निर्णय गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)