देउवामाथि खनिए महामन्त्रीद्वय
ekantipur.com · Sun Jul 17 00:59:32 GMT 2022
काठमाडौँ — कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी र सरकार सञ्चालनको कार्यशैलीलाई लिएर शेखर कोइरालापक्षीय पदाधिकारी आक्रामक बनेका छन् । सरकारको एकवर्षे कार्यकाल र पार्टी सञ्चालनको ६ महिने अवधिलाई लिएर असन्तुष्टि व्यक्त गर्नेमा महामन्त्री विश्वप्रकाश शर्मा पनि थपिएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा शनिबार महामन्त्रीद्वय गगन थापा र शर्माले पहिलोपल्ट नेतृत्वको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । जवाफमा देउवाले आफूलाई नखेद्न आग्रह गर्दै सबैलाई मिलाएर अघि बढ्न चाहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)