भोटेकोशी बाढीपछि थलिएको पर्यटन क्षेत्र बिस्तारै लयमा, अपेक्षित सुधार अझै भएन
aarthiknews.com

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेको छ। पछिल्ला केही सातायता विदेशी पर्यटकको आगमनमा सुधार देखिए पनि पर्यटन व्यवसायीले अपेक्षित गति लिन नसकेको बताएका छन्।
बाढीपछि नेपाल नै असुरक्षित रहेको सन्देश सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत फैलिँदा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको व्यवसायीको भनाइ छ। सडक यातायात अवरुद्ध हुनु र आन्तरिक हवाई उडानको भाडा महँगिनुले पनि पर्यटकको यात्रा खर्च बढाएको उनीहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)