धानबालीमा क्षति पुगेका २७० किसानलाई क्षतिपूर्ति
lokaantar.com · Tue Sep 20 17:01:57 GMT 2022
वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्र्ति दिएको छ । वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो ।
गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन् । पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा रु दुई हजार १० देखि आठ हजार चार सय ८८ सम्म क्षतिपूर्ति रकम पाएका छन् । राहत रकमका लागि माग गरेका सबै किसानलाई रकम उपलब्ध गराइएको चौधरीले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)