ओखलढुंङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी अधिकारीको निधन
bishowkhabar.com · Sun Oct 11 09:58:26 GMT 2026

काठमाडौं। ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको गए राति निधन भएको छ।
९४ बर्षको उमेरमा अधिकारीको काठमाडौं फैकास्थित आफ्नै निवासमा निधन भएको हो। बिशेषगरी पंञ्चातविरुद्ध कांग्रेसले संञ्चालन गरेको आन्दोलनमा सरिक भएर उनी जेल समेत परेका थिए। ओखलढुंगाका कांग्रेसका नेताहरु बलबहादुर राई, गोपाल राई लगायत उनी सहित १५ नेताहरुलाई तत्कालीन पञ्चायती शासकले पक्राउ गरि एउटै डोरीले बाँधेर ओखलढुङ्गाबाट पैदल हिडाएर भोजपुर जेल पु¥याएको थियो । उनले यही क्रममा बिभिन्न ठाँउमा जेल समेत बिताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)