मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

barnanmedia.com · Sat Apr 12 21:46:57 GMT 2025

नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

गाभर मिनी भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार चैत लागेपछि तीन हजारभन्दा बढी आन्तरिक पर्यटक होमस्टेमा आइसकेका छन् । गाभर होमस्टे प्राकतिक सौन्दर्य र वन्यजन्तु अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बन्दै गएको छ । यहाँ आउने पाहुनालाई गाडी र हात्तीमार्फत बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि जङ्गल सफारीसमेत गराउने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)