दोस्रो शिखर ढकाल स्मृति यू–१७ राष्ट्रिय रग्बी सुरु, उद्घाटन खेल बराबरीमा सकियो
neplays.com · Sun Oct 11 10:01:00 GMT 2026
सिन्धुली, असोज २५ गते । दोस्रो शिखर ढकाल स्मृति यू–१७ महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता आइतबार सिन्धुलीको फिक्कलमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा र फिक्कल गाउँपालिकाकी अध्यक्ष तथा सङ्घकी बोर्ड सदस्य पार्वती सुनुवारले रेफ्रीलाई बल हस्तान्तरण गरेर संयुक्त रूपमा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)