क्षतिग्रस्त बेनी–जोमसोम सडक खण्डमा अस्थायी मार्ग निर्माण
onlinekhabar.com · Sun Oct 11 10:10:54 GMT 2026

२५ असोज, म्याग्दी । कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन । साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्ड बगाएको थियो । नदी कटान भएका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)