बेनी–जोमसोम सडक खुल्यो : ५ सय मालवाहक गाडी जाममा, फलफूल कुहिन थाले
aarthiknews.com

म्याग्दी । बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन गर्न थालिएको छ। तर, सडक साँघुरो, हिलाम्मे र जोखिमपूर्ण हुँदा यात्रु तथा चालकको सास्ती हटेको छैन। सवारीसाधनको चाप बढेपछि विभिन्न स्थानमा घण्टौँसम्म जाम हुने गरेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्ड क्षतिग्रस्त बनाएको थियो। कालीगण्डकी नदीको कटानबाट सडक बगेका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)