फाइनलमा हार्ने बानी दोहोरिँदै
ekantipur.com · Thu Mar 14 01:03:08 GMT 2024
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेरि एकपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनल पुगेर हारेको छ । यसले देखाउँछ फाइनलमा हार्ने बानी दोहरिँदै छ । यसपल्ट यो प्रवृति हङकङमा देखियो । प्रतियोगिता रह्यो त्रिकोणात्मक शृंखला । यससँगै ट्वान्टी–२० क्रिकेटको फाइनलमा नेपाली टोली पराजित भएको चौथोपल्ट हो ।
नेपाल बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग पराजित रह्यो । हारको अन्तर पनि चर्कै रह्यो, ८६ रन । नेपालले जितका लागि १ सय ७२ रनको लक्ष्य पाएको थियो । पीएनजीले यो स्कोर पहिले ब्याटिङ निम्तो पाएर बनाएको थियो । जवाफमा नेपाल १६.३ ओभरभन्दा बढी टिक्न सकेन । ८५ रनमात्र बनाएर अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)