काठमाडौँ महानगरद्वारा कलङ्कीमा नेसनल हस्पिटलला जरिवाना कति तिरा ?
barnanmedia.com · Sat Apr 12 22:16:03 GMT 2025

काठमाडौँ महानगरपालिकाले कलङ्कीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई रु एक लाख जरिवाना तिराएको छ । अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि रु एक लाख जरिवाना तिर्नुपरेको हो । सुधारको मौका दिँदा अस्पतालजन्य फोहर व्यवस्थापनमा लापरबाही गरेको थियो ।
यसपटक अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि आज अनुगमन गरिएको थियो । कामपाले जरिवानाको पत्र पठाएपछि अस्पतालले कामपाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको कामपाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)