विद्यार्थी संगठनलाई निषेध, प्रतिकारको तयारी
annapurnapost.com · Tue Jun 30 04:18:48 GMT 2026

काठमाडौं : नेपालमा लोकतन्त्रको आधारस्तम्भका रूपमा विद्यार्थी संगठनहरूलाई मानिँदै आएको थियो। राजनीतिक आन्दोलन मात्र नभई शैक्षिक सुधार र जनजीविकाका सवालमा पनि विद्यार्थी संगठनहरूको भूमिका कम थिएन। राजनीतिक विश्लेषक प्रा.डा. जनार्दन आचार्य प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि जनजीविकाका सवालमा विद्यार्थीहरूले सरकारलाई गर्ने खबरदारीको विगत स्मरण गर्छन्।
‘प्रजातन्त्र प्राप्तिको आन्दोलनमा मात्र होइन, मट्टितेल वा चिनीको मूल्यवृद्धि हुँदा पनि विद्यार्थी सडकमा आइहाल्थे। सरकारलाई खबरदारी गर्ने अग्रमोर्चामा विद्यार्थी नै हुन्थे,’ डा. आचार्यले भने, ‘नेपालमा विद्यार्थी आन्दोलनको इतिहास साँच्चै सम्झिनलायक छ।’ तर, पछिल्लो समय विद्यार्थी संगठनका नाममा अनावश्यक सौदाबाजी गर्ने, बेला–कुबेला विद्यालय तथा क्याम्पस बन्द गरेर शैक्षिक अराजकता फैलाउने गरेको आरोप उनीहरूमाथि लाग्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)