आईपीएल : शीर्षका लागि चर्को प्रतिस्पर्धा
ekantipur.com · Sun Apr 23 00:45:07 GMT 2023
मुम्बई — पञ्जाब किंग्सले शनिबार इन्डियन प्रिमियर लिग २०२३ मा मुम्बई इन्डियन्समाथि १३ रनको जित निकालेको छ । यससँगै प्रतियोगिताको शीर्ष चार स्थानका लागि चर्को प्रतिस्पर्धा देखिएको छ ।
यो जितपछि पञ्जाबको आठ अंक भएको छ । पञ्जाबसँगै शीर्ष पाँच टिमको समान आठ अंक रहेको छ । त्यसपछि तीन टिम छ अंकमा रहेका छन् । नेट रन रेटको आधारमा राजस्थान रोयल्स आठ अंकमै शीर्ष स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)