खुफूको डुङ्गा पुनः एकत्रित
barnanmedia.com · Wed Dec 24 21:35:00 GMT 2025

ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको विशाल प्रदर्शनी हलमा एक प्राचीन इजिप्टियन फिरऊनको ऐतिहासिक डुङ्गा सार्वजनिक रूपमा पुनः भेला गर्ने काम सुरु भएको छ । मङ्गलबार बिहान दर्जनौँ आगन्तुकको उपस्थितिमा राजा खुफूका दुई डुङ्गामध्ये एउटा देवदारको काठबाट बनेको डुङ्गालाई सङ्ग्रहालयका कर्मचारीहरूले सावधानीपूर्वक एक–एक भाग जोड्न थालेका छन् ।
बयालिस मिटर (१३७ फिट) लामो उक्त डुङ्गाको पुनर्संरचना प्रक्रिया यसको पहिले नै भेला भइसकेको जुम्ल्याहा डुङ्गाको छेउमै भइरहेको छ, जुन हाल सङ्ग्रहालयमा प्रदर्शनमा रहेको छ । ग्रान्ड इजिप्टियन सङ्ग्रहालयका पुनःस्थापना प्रमुख इसा जेइडनका अनुसार यस डुङ्गालाई पूर्ण रूपमा भेला गर्न करिब चार वर्ष लाग्ने अपेक्षा गरिएको छ । उक्त डुङ्गा एक हजार ६५० वटा काठका टुक्राबाट बनेको छ, जसलाई वैज्ञानिक विधि अपनाएर क्रमशः जडान गरिँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)