मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोपा लिग : रेनेसमाथि मिलानको सजिलो जित

ekantipur.com · Fri Feb 16 01:02:55 GMT 2024

पेरिस — इंग्लिस मिडफिल्डर रुबेन लोफ्टस–चेकको दुई गोलको मद्दतले एसी मिलानले युरोपा लिग नकआउट चरण प्ले अफको पहिलो लेगमा बिहीबार रेनेसलाई ३–० ले हराएको छ । मिलानले आफ्नो घरमा यो सजिलो जित निकालेको हो ।

मिलानका लागि अर्को गोल राफेल लिओको नाममा रह्यो । चेल्सीबाट मिलान आएका लोफ्टस–चेकले पछिल्ला पाँच खेलमा गरेको गोल संख्या पाँच नै पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)