मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुलहममाथि आर्सनलको सहज जित

ekantipur.com · Mon Mar 13 01:03:15 GMT 2023

लन्डन — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार फुलहममाथि ३–० को सहज निकालेको छ र शीर्ष स्थानमा फेरि पाँच अंकको अग्रता खोलेको छ । मिखेल आर्टेटाको आर्सनलका लागि ग्याब्रिएल मेघाहेस, ग्याब्रिएल मार्टिनेली र मार्टिन ओडेगार्डले गोल गरे ।

यो जितपछि आर्सनलको ६६ अंक भएको छ । म्यानचेस्टर सिटी ६१ अंकमा दोस्रो स्थानमा छ । तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेडको ५० अंक छ र उसले साउथह्याम्पटनसँग गोलरहित बराबरी खेल्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)