वीरगञ्जमा कर्फ्यू आज दिउँसो १२ बजेसम्म हिँडडुल गर्न निषेध
barnanmedia.com · Sat Apr 12 22:47:56 GMT 2025

पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यू लगाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि आज बिहान १२ बजेसम्मलाई कर्फ्यू आदेश भएको हो। वीरगञ्जमा चार किल्ला तोकि कर्फ्यू आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जस अनुसार पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकसम्म कर्फ्यू लाग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)