ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको निधन
nepalpress.com · Sun Oct 11 11:06:42 GMT 2026

काठमाडौं । ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको निधन भएको छ। ९४ वर्षको उमेरमा अधिकारीको गएराति काठमाडौँ, फैकास्थित आफ्नै निवासमा निधन भएको हो।
पञ्चायतविरोधी आन्दोलनमा नेपाली कांग्रेसले आव्हान गरेको आन्दोलनमा सक्रिय सहभागी भएका कारण उनी पटकपटक जेल परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा तत्कालीन शासकले ओखलढुङ्गाका कांग्रेस नेताहरू बलबहादुर राई, गोपाल राई तथा उनीसहित १५ जना नेताहरूलाई पक्राउ गरी एउटै डोरीले बाँधेर पैदल हिँडाउँदै भोजपुर कारागार पुर्याएका थिए । त्यसक्रममा उनले विभिन्न कारागारमा लामो समय राजनीतिक बन्दीका रूपमा बिताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)