विराटनगर मुख्यमन्त्री सम्मेलन : मुख्यमन्त्रीहरूलाई कोशीटप्पु घुमाइने
ratopati.com · Sun Oct 11 11:22:31 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको झण्डै एक दशकपछि सातै प्रदेशका मुख्यमन्त्रीहरूको साझा भेला ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ विराटनगरमा हुँदैछ । आगामी असोज २७ र २८ गते दुई दिनसम्म सञ्चालन हुने उक्त ऐतिहासिक सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरू, प्रमुख सचिवहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सचिवहरू र विषयगत विज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको उद्देश्य, कार्यसूची र महत्त्वबारे विस्तृत जानकारी दिँदै यो भेला संघीयतालाई संस्थागत र परिपक्व बनाउने साझा थलो भएको प्रस्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)