पनामामा शक्तिशाली भूकम्पपछि पनि रोकिएनन् परकम्प, सङ्कटकाल घोषणा
bishowkhabar.com · Sun Oct 11 11:24:58 GMT 2026

काठमाडौं– शक्तिशाली भूकम्पपछि लगातार परकम्प आएपछि पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ। अधिकारीका अनुसार भूकम्पबाट देशका १० वटै प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन्।
शुक्रबार ७.७ र ६.६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि केन्द्रविन्दु नजिकका भवन भत्किएका थिए। भूकम्पका कारण मध्य अमेरिकी देशका विभिन्न भागका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। भूकम्पविद्ले ५.८, ५.५ र ५.२ म्याग्निच्युडका परकम्पसहित १०० भन्दा बढी परकम्प रेकर्ड गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)