मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकमा १३ खर्ब तरलता, सस्तो ऋण हुँदा पनि किन सुस्त छ कर्जा प्रवाह ?

arthasansar.com · Sun Oct 11 11:16:28 GMT 2026

बैंक तथा वित्तीय संस्थामा १३ खर्बभन्दा बढी अतिरिक्त तरलता थुप्रिए पनि निजी क्षेत्रमा कर्जाको माग कमजोर हुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको छैन।

कर्जाको ब्याजदर घटेर ४ देखि ५ प्रतिशतमा झर्दासमेत नयाँ लगानी विस्तार हुन सकेको छैन । राष्ट्र बैंकका अनुसार १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भए पनि ऋण प्रवाह नभएपछि बैंकहरू निक्षेपको सट्टा केन्द्रीय बैंकमै रकम राख्न बाध्य छन्। असोज १५ सम्म मात्रै बैंकहरूले केन्द्रीय बैंकमा ४ खर्बभन्दा बढी रकम राखेका छन् । जसमा केन्द्रीय बैंकले वार्षिक २.७५ प्रतिशत ब्याज दिँदै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)