गुल्मीका नेपाली युवा क्रीस पौडेल बने बैंकककै सफल नेपाली व्यवसायी
ajakoartha.com · Tue Jun 30 04:32:00 GMT 2026

बैंकक– नेपालको गुल्मी जिल्लाको दुबिचौर उर्लेनिमा जन्मिएका कृष्ण प्रसाद पौडेल (क्रीस) आज थाइल्याण्डको राजधानी बैंककका सफल नेपाली व्यवसायीका रूपमा परिचित छन्। संघर्ष, इमानदारी, निरन्तर मेहनत र कहिल्यै हार नमान्ने आत्मविश्वासका कारण उनले विदेशी भूमिमा आफूलाई स्थापित मात्र गरेका छैनन्, बैंककमा सफल व्यवसाय सञ्चालन गर्दै नेपाली उद्यमशीलताको छुट्टै पहिचान पनि बनाएका छन्।
जीवनको प्रारम्भिक चरण सहज थिएन उनको । बाल्यकालपछि राम्रो भविष्यको खोजीमा उनी सानै उमेरमै भारत पुगेर भौतारिए । भारतका विभिन्न शहरमा वर्षौंसम्म अनेकौं दुःख, अभाव र संघर्ष झेल्दै उनले जीवनका कठोर पाठ सिके । उनी सफल सेफ पनि हुन्। उनले बैंककमा आफैँ मुख्य सेफ भएर ६ रेस्टुरेन्ट उद्घाटन समेत गरिसकेका छन् । कहिले सामान्य कामदार, कहिले साना–ठूला व्यवसायमा संलग्न हुँदै उनले अनेकौं उतारचढाव सामना गरे। आर्थिक अभाव, असफलता र चुनौतीबीच पनि उनले कहिल्यै आफ्नो आत्मविश्वास गुमाएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)