नगरप्रमुख चौधरीद्वारा दुर्गा मन्दिरको उदघाटन
gorkhapatraonline.com · Sun Oct 11 11:40:39 GMT 2026

लहान नगरपालिका ७ स्थित रहेको पुरानो मन्दिरको ठाउँमा नवनिर्मित दुर्गा मन्दिर निर्माण गरी आज घटस्थापनाको दिनदेखि पुजा सुरु भएको छ । लहानको मुख्य बजारमा नौ दशकदेखि पूजापाठ र मेला आयोजना हुँदैआइरहेको छ।
चार करोड ७० लाख रुपियाँमा लहान नगरपालिकाको लगानीमा उत्तराखण्ड एण्ड कन्सट्रक्सनले दुई वर्षमा निर्माण कार्य सम्पन्न गरेपछि आज नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष रामऔतार शर्माले धार्मिक विधिबाट पूजा गरेर उद्घाटन गर्नुभयो । लहान नगरपालिकाको सहरी र ग्रमीण क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न मन्दिर निर्माण गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)