अलजाइमरविरुद्धको पहिलो औषधि बन्यो, कति प्रभावकारी ?
baahrakhari.com · Wed Nov 30 17:58:00 GMT 2022
लन्डन । मस्तिष्कका कोषहरूलाई क्षति पुर्याउने रोग 'अलजाइमर'विरुद्ध बनेको पहिलो महत्त्वपूर्ण औषधिको विश्वभरबाट स्वागत गरिएको छ । दशकौँ लामो अनुसन्धान पछि 'लेकानेमाब' नामक औषधि तयार गरिएको हो ।
तर, अझै अलजाइमर रोगीमाथि यसको असर थोरै मात्र परेको बताइएको छ । साथै लेकानेमाबको मानिसहरूका दैनिक जीवनमाथिको प्रभाव अझै बहसकै विषय बनेको छ । यस औषधिले यस रोगको प्रारम्भिक चरणमा मात्र काम गर्ने भएकाले अधिकांशले यसको आविष्कारलाई चिकित्सा क्षेत्रको ठुलो क्रान्तिकै रूपमा लिन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)