मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धन सरकारको भविष्य

ekantipur.com · Thu Mar 14 01:06:36 GMT 2024

बहुदलीय पद्धतिमा विभिन्न दल चुनावमा जान पाउने र सबैले आ–आफ्नो घोषणापत्रअनुसार जनतालाई आफ्नो पक्षमा मत हाल्न रिझाउन सक्ने प्रावधान एकातिर छ भने अर्कातिर समानुपातिक निर्वाचन पद्धति पनि रहेको छ । यस्तो खालको चुनाव पद्धतिले प्रायः कुनै पनि दलको स्पष्ट बहुमत आएर सरकार गठन भई ५ वर्ष पूरा अवधि सरकार सञ्चालन असम्भव प्रायः देखिन्छ ।

यस्तो पद्धतिअनुसार चुनाव हुँदा कुनै पनि दलको स्पष्ट बहुमत नहुने भएकाले अरू दलसँग साँठगाँठ गरी सरकार बनाउनुपर्ने हुन्छ । यसरी विभिन्न दलसँग मिलेर सरकार बनाउने क्रममा सरकारको आयु निकै छोटो हुन सक्ने तथ्य नेपालमा भर्खरै देखिएको छ । चुनावमा माओवादी केन्द्र ३२ सिटका साथ तेस्रो दल बन्न पुगेको थियो भने कांग्रेस पहिलो, एमाले दोस्रो र रास्वपा चौथो दल बनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)