मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

देशभर मकैबालीमा फौजी कीराको प्रकोप

abhiyandaily.com

काठमाडौं । फौजी कीराको प्रकोपले देशभरका किसानले लगाएको मकैबालीमा क्षति पुर्‍याएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस कदम चालेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय यसमा बेखबर छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार हाल काठमाडौं उपत्यकालगायत तराई, पहाड र केही हिमाली जिल्लाको मकैखेतीमा फौजी कीराको प्रकोप बढिरहेको छ । त्यसको नियन्त्रण र रोकथामका लागि मन्त्रालय स्तरबाट केही पहल भएको छैन । विषादी व्यवस्थापन केन्द्र र कृषि मन्त्रालयसँग कीराको प्रकोपले हालसम्म केकति क्षेत्रफलमा क्षति गरेको छ, त्यसको यकिन तथ्यांकसम्म छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)