बढ्यो इन्धनको मूल्य, उपभोक्ता मारमा
rajdhanidaily.com · Mon Feb 06 23:17:18 GMT 2023
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको हो । मूल्यवृद्धिसँगै उपभोक्ता मारमा परेका छन् ।
अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)