मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी-पहिरोको विषम परिस्थितिमा एकजुट भई उद्धार र राहतमा जुटौँ :  ऋषि धमला

ratopati.com · Sun Oct 11 12:22:17 GMT 2026

​काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देश प्राकृतिक विपद्को कठिन परिस्थितिमा गुज्रिरहेका बेला सबै राजनीतिक दल तथा सरोकारवाला निकाय एकजुट भई उद्धार र राहतमा जुट्नुपर्ने बताएका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीपछि आज घटस्थापनाका दिन बूढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखामा ठूलो क्षति पुर्‍याएको भन्दै सरकारको ध्यान आकर्षित गराए । बाढीका कारण ठूला पक्की पुल, झोलुङ्गे पुल, सडक संरचना र स्थानीय बजार बगाएर ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले प्रभावित जिल्लाबासीको पीडाप्रति गहिरो दुःख व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)