शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा
gorkhapatraonline.com · Sun Oct 11 12:23:08 GMT 2026

शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ । अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ । मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन् ।
शुक्रबार सात दशमलव सात र छ दशमलव छ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि केन्द्रविन्दु नजिकका भवन भत्किएका थिए । भूकम्पका कारण मध्यअमेरिकी देशका विभिन्न भागका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । भूकम्पविदले पाँच दशमलव आठ, पाँच दशमलव पाँच र पाँच दशमलव दुई म्याग्निच्युडका परकम्पसहित १०० भन्दाबढी परकम्प रेकर्ड गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)