ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी अधिकारीको निधन
ratopati.com · Sun Oct 11 12:25:23 GMT 2026

ओखलढुङ्गा । ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको गए राति निधन भएको छ । ९४ वर्षको उमेरमा अधिकारीको काठमाडौँ फैकास्थित आफ्नै निवासमा निधन भएको हो।
विशेषगरी पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा सरिक भएर उनी जेल समेत परेका थिए। ओखलढुङ्गाका कांग्रेसका नेताहरू बलबहादुर राई, गोपाल राई लगायत उनी सहित १५ नेताहरूलाई तत्कालीन पञ्चायती शासकले पक्राउ गरी एउटै डोरीले बाँधेर ओखलढुङ्गाबाट पैदल हिँडाएर भोजपुर जेल पुर्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)