मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

barnanmedia.com · Sun Aug 31 21:32:54 GMT 2025

यहाँको दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता हुनुभयो । मल लिन तुलसीपुर जाने भनी हिँड्नुभएका चौधरी बेपत्ता भए पनि परिवारको आश भने अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ, की भन्ने लाग्छ”, भाई सीताराम चौधरीले भन्नुभयो, “आश अझै मरेको छैन ।”

त्यस्तै आशामा हुनुहन्छ्, तुलसीपुर उपमहानगरपालिका–११ निवासी लक्ष्मी चौधरी पनि । उहाँको श्रीमान् खोपीराम चौधरी विसं २०५९ मा बेपत्ता हुनुभयो । त्यसपछि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । “न त सास छ, न त शव नै भेटियो”, उहाँले भन्नुभयो, “अझै पनि आउनुहुन्छ की भन्ने लाग्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)