मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्न माग

ratopati.com · Sun Oct 11 12:30:15 GMT 2026

काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले गोरखाको चुमनुब्री क्षेत्र हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न सरकारसँग माग गरेको छ।

राष्ट्रिय विपत्ति जोखिम तथा न्युनिकरणलाई आइतबार एक पत्र बुझाउँदै अभियानले बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको तथा कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै उद्धारमा ढिलाइ नगर्न आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)