संघीयता संस्थागत गरेका दलहरूकै कारणले कार्यान्वयनमा ढिलाइ भयो : मुख्यमन्त्री कार्की
onlinekhabar.com · Sun Oct 11 12:27:57 GMT 2026

२५ असाेज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता संस्थागत गरेका दलहरुकै ढिलासुस्तीका कारण संघीयताकाे पूर्ण कार्यान्वयनमा ढिलाइ भएको बताएका छन् । कोशी प्रदेश सरकारले आयोजना गर्ने मुख्यमन्त्री सम्मलेलनको तयारीका बारेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘हामीले संविधानले व्यवस्था गरेका प्रावधानहरू जे छन्, त्यो हिजोकै तिनै पार्टीहरू हुन्, जलाई अहिले पुरानो पार्टीको रूपमा परिभाषित गरिएको छ, तिनै पार्टीहरूले नै संविधानमा सङ्घीयता राखे, संविधान सभाको माध्यमबाट, अनुसूचीहरूमा अधिकारको व्यवस्थापन गरे, त्यसको कार्यान्वयनमा ढिलाइ गरे, जसको कारण समस्या उत्पन्न भएको छ,’ उनले भने,‘अहिले नयाँ सरकार आएपछि हामीले दुईपल्ट भेटघाट गर्यौ । प्रधानमन्त्रीज्यूसँग राम्रो कुराकानी भएको थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)