एमाले केन्द्रीय कमिटीमा १३ नेता मनोनयन
hamrakura.com · Sat Oct 10 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सो मनोनयन गरेको हो।
महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार मनोनीत हुनेहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)