उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको जित निश्चित !
nepalviews.com · Sun Oct 11 12:38:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४ हजार १०० मतगणना हुँदा उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । उनीहरूले मतगणनाको सुरुदेखि नै लिएको अग्रता आधाभन्दा धेरै मतगणना भइसक्दा पनि कायम राखेका छन् । उनीहरूको जित लगभग निश्चित देखिएको छ ।
उपसभापति (खुला) तर्फ डा. भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार २७८, गोविन्द भट्टराईले १ हजार ९१ र सुरेन्द्रराज पाण्डेले १ हजार ६५ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)