बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार
barnanmedia.com · Sun Aug 31 21:43:33 GMT 2025

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।
सीमा निगरानीका लागि विसं २०७७ असोजमा स्थापना भएको उक्त बिओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)