नेपाली संगीतलाई सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड
corporatenepal.com · Sun Oct 11 12:42:48 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन् ।
सो अवसरमा उनले भने “नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ यसका लागी नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउन आवश्यक छ र विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने अवसर सिर्जना गरिनु पर्दछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)