बिपी राजमार्गमा फसेका मिर्गौला पीडितको हेलिकप्टरबाट उद्धार
nepalpress.com · Sun Oct 05 08:40:25 GMT 2025

काठमाडौं । अविरल वर्षाका कारण बिपी राजमार्गमा फसेका मिर्गौला पीडितको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार वर्षाले बिपी राजमार्ग अवरुद्ध हुँदा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं.०२ बस्ने २८ वर्षीय मिर्गौला पीडित राजकुमार सिजाली मगरलाई नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त सहकार्यमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानतर्फ पठाइएको छ ।
अविरल वर्षाका कारण बिपी राजमार्गको भकुण्डेबेशीदेखि सिन्धुली नेपालथोकसम्मका विभिन्न स्थानमा रोशी खोलामा पानीको बहाब बढेर सडक कटान भई पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त मार्ग हुँदै यात्रामा निस्किएका यात्रुहरू अलपत्र परेका छन् ।
अविरल वर्षाका कारण राजमार्गका विभिन्न खण्डहरूमा पहिरो र सडक कटानले आवतजावतमा कठिनाइ भएको छ । उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूले फसेका यात्रुहरूलाई सहयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)