मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नारायणगढमा साल्ट ट्रेडिङको सुपथ पसल

aarthiknews.com

चितवन । चाडपर्व नजिकिँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि नारायणगढमा सञ्चालनमा ल्याइएको सुपथ मूल्यको पसलमा बाहिर बजारको तुलनामा चाडपर्वका लागि आवश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गरिएको छ ।

लिमिटेडले बजारमा प्रतिकिलो रु १३० सम्म पर्ने चिनी रु १०० मा नै बिक्री गर्दै आएको छ । चिनीसँगै अन्य खाद्यान्न सामग्री सहुलियत दरमा बिक्री गरिएको कार्यालयका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको सुपथ पसलबाट आयो नुन, चिनी प्रतिव्यक्ति छ किलोका दरले बिक्री गरेको छ । यस्तै, तेल, चिउरा, दाल, पिठो, मैदा प्रतिव्यक्ति पाँच लिटर र पाँच केजीका दरले बिक्री गरिएको छ । तेल, चिउरा, दाल, पिठो मैदामा प्रतिकिलो र लिटरमा रु सात छुट गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)