मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्षको जोड

baahrakhari.com · Sun Oct 11 12:54:06 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन ।

सो अवसरमा उनले भने “नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्छ । यसका लागि नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउन आवश्यक छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने अवसर सिर्जना गरिनु पर्दछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)