मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपीडितलाई २६ लाखको राहत सामग्री

ratopati.com · Sun Oct 11 13:02:08 GMT 2026

नवलपरासी। गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आरले यहाँका बाढी पीडितलाई आज रु २६ लाख बराबरको अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु प्रदान गरेको हो।

क्लबका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न तथा उपभोग्य वस्तु २०० परिवारलाई वितरण गरिएको जानकारी दिए। उनका अनुसार प्रतिपरिवार हाइजेन किट, पानी, बाल्टी, खाना पकाउने सामग्री (डेक्ची, डाडु, पन्युलगायत), कालो म्याट, त्रिपाल, खाद्य पदार्थ (दाल, चामल, नुन, तेलसहित), सिरक, डसना, तन्ना र सिरानी प्रदान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)