साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
ratopati.com · Sun Oct 11 13:07:20 GMT 2026

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार यमनको हुथी समूहले गरेको आक्रमणको निन्दा गरेका छन्।
महासचिव गुटेरेसले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको उल्लेख गर्दै त्यसको कडा निन्दा गरेका हुन्। आक्रमणमा १२ जनाको मृत्यु भएको र सयौँ सर्वसाधारण घाइते भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)