मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्रमा अस्तव्यस्त वृत्ति विकास : पहिलो ब्याचका २० वर्षमै डिआइजी, तेस्रो ब्याचका १९ वर्षसम्म डिएसपी

nayapatrikadaily.com · Sun Feb 19 00:12:00 GMT 2023

द्वन्द्वको विशेष परिस्थितिमा स्थापना भएको सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकको पहिलो ब्याचका अधिकृतहरू नायब महानिरीक्षक (डिआइजी) तहमा पुगेका छन् । तर, उनीहरूभन्दा नौ महिनापछि भर्ना भएका भने डिआइजीभन्दा तीन तहमुनि डिएसपीमै कार्यरत छन् ।

गत बिहीबार गृह मन्त्रालयले एसएसपीहरू सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई डिआइजीमा बढुवा गरेको हो । २६ कात्तिक ०५९ मा भर्ना भएका उनीहरू २० वर्षमै डिआइजी तहमा पुगेका हुन् । उनीहरूभन्दा नौ महिनापछि भर्ना भएका भने डिएसपीमै कार्यरत छन् । त्यस्तै, ०६४ मा भर्ना भएका सातौँ ब्याचका अधिकृतहरू १६ वर्षसम्म इन्स्पेक्टर पदमै काम गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)