विश्वकप लिग-२ः आफ्नो अन्तिम शृंखलामा नेपालको विजयी सुरुवात, रोहितको शतक
nagariknews.nagariknetwork.com · Sun Oct 11 13:11:10 GMT 2026
रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेटविश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम शृंखलामा विजयी सुरुवात गरेको छ। आफ्नो एकदिवसीय मान्यता जोगाउन चारमध्ये तीन खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार क्यानाडालाई २४ रनले पराजित गरेको हो।
जितसँगै नेपाल २६ अंकमा छैठौं स्थानमा उक्लिएको छ। हारपछि क्यानाडा भने २५ अंकमा सातौं स्थानमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)