मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखराको बागलुङ बसपार्कमा अनैतिक काम गर्ने १७ महिलासहित १९ जना पक्राउ

barnanmedia.com · Sun Aug 31 22:28:14 GMT 2025

पोखराको बागलुङ बसपार्कबाट अनैतिक काम गरेको आरोपमा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । खाजा घर सञ्चालन गरी होहल्ला र अनैतिक काम गरिरहेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बसपार्क क्षेत्रमा खाजा घर चलाएर लागू औषध कारोबार भएको, यौनजन्य क्रियाकलाप गरिएको, होहल्ला गरी अशान्ति फैलाएको भन्ने सूचना पाएपछि छापा मारिएको हो । विभिन्न खाजाघरबाट १७ महिला र २ पुरुष गरी १९ जना सञ्चालकलाई पक्राउ गरेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)